• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २७ दिनदेखि आन्दोलन


  •   आइतबार, असार २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २७ दिनदेखि आन्दोलन चलिरहेको छ ।

    Advertisement

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धीकरण अभियान संयुक्त सङ्घर्ष समितिको ब्यानरमुनि अनियमितता र राजनीतिकरणको विरोधमा उक्त आन्दोलन भएको हो।

    प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मागमा स्वास्थ्य क्षेत्रका पेसागत सङ्घ–सङ्गठनले समर्थन जनाइसकेका छन् ।

    काठमाडौँमा बृहत् नागरिक आन्दोलनका अभियन्ताले समेत उनीहरूको मागमा समर्थन गर्दै विरोधका कार्यक्रम गरिरहेका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक कर्मचारीका अनुसार प्रतिष्ठानको समस्या समाधान गर्न कुलपतिसमेत रहेका प्रधानमन्त्री र सहकुलपति रहेका स्वास्थ्यमन्त्रीले चासो नदिँदा समस्या भएको बताइन्छ । प्राज्ञिक संस्थामा आन्दोलन भइरहँदा पनि प्रतिष्ठानका कुलपति र सहकुलपति चुप लागेर टुलुटुलु हेर्नु त गलत भएको ती कर्मचारीको भनाइ छ ।
    प्राप्त जानकारी अनुसार केही दिनअघि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल र डा. मदन उपाध्याय प्रतिष्ठानमा पुगेर उनीहरूको

    समस्याका विषयमा जानकारी लिएर आएका थिए । मन्त्रालयले चासो दिए पनि उपकुलपतिलगायतका पदाधिकारीलाई कारबाहीको माग भएकाले कुलपति र सहकुलपतिले नै यसमा काम अगाडि नबढाएको बताइन्छ ।

    आन्दोलनरत पक्षले स्वास्थ्य मन्त्रालयको टोलीसँग आफूहरूको १२ बुँदे माग सम्बोधनका लागि तीन बुँदे अडान पेस गरेका छन् । प्रतिष्ठानमा देखिएका समस्याको अल्पकालीन एवम दीर्घकालीन समाधानको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नस क्ने एवम् आफूहरूले प्रष्ट रूपमा र वस्तुगत रूपमा उठाएका १२ बुँदे माग सम्बोधन गर्न प्रधानमन्त्री एवम् कुलपतिले अग्रसरतामा अधिकार सम्पन्न, उच्चस्तरीय वार्ता टोली अविलम्ब गठन गरिनुपर्ने आन्दोलनरत पक्षको माग छ।

    आन्दोलनका क्रममा गत असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी मदिरामा लठ्ठिँदै कार्यालयमा पुगेपछि प्रतिष्ठानका कर्मचारी थप आन्दोलित भएका हुन् । उपकुलपतिले वार्तामा बोलाएर आफै मादक पदार्थ सेवन गरिआएको विषयलाई तत्काल सम्बन्धित निकायले छानबिन गर्ने र कारबाहीको प्रकृया अगाडि बढाउनुपर्ने तथा नेपालका कुनै पनि स्वास्थ्य एवम् शैक्षिक संस्थामा पदाधिकारीको नियुक्तिको मापदण्ड सार्वजनिक गर्ने, नियुक्त पदाधिकारी कुन मापदण्डबाट र के के प्रतिज्ञा गरी छनौट गरिएको हो ? सो कुरा छनौट हुनासाथ सार्वजनिक गर्ने व्यवस्था तत्काल गर्ने, छनौट भएका पदाधिकारीले गरेका प्रतिज्ञा पूरा भएको/नभएको हरेक छ/छ महिनामा सम्बन्धित निकायले सुपरीवेक्षण गर्ने र सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्नेजस्ता माग आन्दोलनरत पक्षले राखेका छन् ।

    त्यसैगरी उनीहरूले प्रतिष्ठानमा अनियमितता तथा भ्रष्टाचारका घटना बढ्दै गएको भन्दै उनीहरू एक भएर प्रतिष्ठानमा भएको बेथिति तत्काल रोकिनुपर्ने, प्रतिष्ठानका हरेक दिनको आयव्यय लगायतको कोरोबारको विस्तृत विवरण वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने, प्रतिष्ठानका सबै स्टोर एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्ने, प्रतिष्ठानका ल्याबको क्षमता, गुणस्तर र प्रविधिको विकास गर्नुपर्नेलगायतका माग गरेका छन् ।

    एवम् प्रकारले बिरामी उपचारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत हुने गरी व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानसँग गाँसिएका अनियमितता र भ्रष्टाचारको मुद्दालाई छिटो टुङ्ग्याउन प्रतिष्ठान, आन्दोलनर पक्ष र सहकुलपतिलगायतले अपिल गर्ने, दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्नका लागि प्रतिष्ठानमा आवश्यक उपकरण, डेन्टल चेयर, डिजिटल एक्सरे, सिटिस्क्यान, एमआरआईलगायतका अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने उपकरणको तत्काल व्यवस्था हुनुपर्ने माग उनीहरूको छ ।

    त्यस्तै, उनीहरूले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई गत वर्षको जोखिमभत्ता तत्काल उपलब्ध गराउनुपर्ने, वर्षौंदेखि रोकिएको बढुवालाई नियमावली संशोधनपछि समायोजन हुने गरी तत्काल बढुवा गर्नुपर्ने र आवासीय चिकित्सक र विद्यार्थीको छात्राबास निर्माण, छात्राबासको शुल्क, इन्टरनेट सर्भिस, विद्युत, पानीलगायत समस्या तत्काल समाधान गर्नुपर्ने माग गरेका छन् ।

    त्यसैगरी, प्रतिष्ठानमा बिग्रिएका सबै उपकरणबारे अध्ययन हुनुपर्ने, प्रतिष्ठानमा कार्यरत सम्पूर्ण जनशक्तिले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरे/नगरेको प्रत्येक तीन महिनामा मूल्याङ्कन गर्न समिति बनाई काम नगर्ने कर्मचारीलाई कारबाही वा निष्कासन गर्नुपर्ने, हरेक विभाग तथा शाखाले मासिक प्रगति विवरणको रेकर्ड राख्नुपर्ने माग पनि उनीहरूको छ । (एजेन्सी)

    आइतबार, असार २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.