धनवीर पुन, नयाँ दिल्ली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसीले फूटपरस्त तत्वहरुलाई परास्त गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको छ । एकता सामाज दक्षिण भारत नवौं क्षेत्रीय सम्मेलन पछिको प्रथम भेलाको उद्घाटन गर्दै अध्यक्ष केसीले संगठनविरुद्ध आइलाग्नेहरूका विरुद्ध आवश्यक परे जाइ पनि लाग्न सकिने बताउनु भयो ।
‘समय– समयमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज माथि प्रहार गर्ने फूट पार्ने कोशिस गरेता पनि त्यस प्रकार सबै तत्वहरु परास्त हुँदै आएको छ’ अध्यक्ष केसीले भन्नुभयो, ‘संगठनको नीति तथा कार्यक्रम भन्दा टाढा पुगेर कुनै पनि व्यक्तिले जतिसुकै ख्याती प्राप्त गरे पनि त्यो सबै क्षणिक हुन्छ ।’
कार्यक्रममा वामपन्थी नेता आनन्द शर्माले विभिन्न खाले फूटपरस्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई समयले धेरै टाढा पु¥र्याइसकेको बताउनु भयो ।
‘विभिन्न प्रकारले हल्ला गरेर पार्टी संगठनमाथि हमाला गर्नेहरु आफै पराजित भैसकेका छन्’ शर्माले भन्नुभयो, ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सम्पूर्ण कार्यकर्ताहरुले संगठनका विरुद्ध लाग्ने सम्पूर्ण खाले व्यक्ति तथा अवसरवादी तत्वहरुलाई परास्त गर्ने छन् ।’
समय समयमा देखिने सबै खाले अवसरवादका विरुद्ध संघर्ष गरेर नै संगठनको गरिमा कायम गरिएको भन्दै उहाँले अगाडि पनि निरन्तर र प्रतिवद्ध रुपमा अगाडि बढ्ने बताउनु भयो ।
महासचिव ठाकुर खनालले शुभकामना मन्तव्य दिँदै ‘दुर्गा बहादुर केसीले हस्ताक्षर गरेको सदस्यता प्रमाण पत्र, परिचय पत्र सन् २०१६ देखि खल्तीमा बोकेर हिँड्ने र सदस्यता वितरण गर्दै हिँडेकाहरुले नै दुर्गा बहादुर केसीलाई ‘टिके’ भन्ने ?’ भनी प्रश्न गर्नुभयो ।
भेलाले २१ पूर्ण, ७ वैकल्पिक र १२ सल्लाहकार रहेको दक्षिण भारत क्षेत्रीय समिति चयन गरेको छ । जसको प्यानल चन्द्रकान्त शर्माले प्रस्तुत गर्नुभएको थियो ।
भेलाद्वारा चयन नयाँ समितिको प्रथम बैठकले अध्यक्ष– चन्द्रबहादुर थापा (चेन्नई पू.), उपाध्यक्ष– दशरथ विक (बेंगलोर द.), सचिव– जनराज शर्मा (पाण्डेचरी), सहसचिव– धरमराज शर्मा (कोट्टयाम) र कोषाध्यक्ष– लोकेन्द्र पौडेल (चेन्नई द.) चयन गरेको छ । त्यस्तै सदस्यमा : नरेन्द्रकुमार नेपाली (कोयम्बटोर), ठाकुर प्रसाद शर्मा (नेल्लोर), खिमानन्द उपाध्याय (इरोड), दिल्लीप्रसाद शर्मा (पाण्डेचरी), गोकुल गायक (सिताम्बरम), शेरबहादुर राना (करुर), काशीनाथ शर्मा (चेन्नई पू.), भद्रबहादुर श्रीस (कोट्टयाम), पुष्पा पौडेल (चेन्नई प.), विरेन्द्र थापा (निलगिरी), केशमान नेपाली (चेन्नई प.), मिन बहादुर थापा क्षेत्री (चेन्नई द.), कोटीप्रसाद पोखरेल (चेन्नई उ.), गोविन्द शर्मा (पाण्डेचरी) रिखेन्द्र विसी (कोचिन) र चिरञ्जीवी आचार्य (त्रिभेन्द्रम) ।
बैकल्पिक सदस्य : धरम पहरी (बेंगलोर उ.), जुगराज राहुँ मगर (कोचिन), मेघनाथ शर्मा (भेल्लोर), गोपाल विक (चेन्नई उ.), तेज बहादुर बैजाली (पलनी), रेशम थापा मगर (कोबै) र देवीराम केसी (नेल्लोर) रहनुभएको छ ।
त्यस्तै ओमकान्ता शर्मा (चेन्नई उ.), जीवन पराजुली (सिताम्बरम), टेक बहादुर विक (निलगिरी), नरेश विक (बेंगलोर द), चन्द्रप्रसाद शर्मा (कोबै), लक्ष्मण चालिसे (चेन्नई पू.), इश्वर ब. विक (तिरुवनन्तपुरम), धनकुमारी केसी (कोट्टयम), नरबहादुर गुरुङ (चेन्नई उ.), बुद्धिराम पौडेल (चेन्नई प.), खगेश्वर सुनार र खड्कराज गिरीलाई प्रथम बैठकले सल्लाहकार चयन गरेको छ ।
त्यस्तै सचिवालयमा चन्द्र बहादुर थापा, दशरथ विक, जनकराज शर्मा, लोकेन्द्र पौडेल र गोकुल गायक रहनुभएको छ । नयाँ पदाधिकारी सहितको समितिको घोषणा केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले गर्नुभएको थियो ।
कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता र सचिव जनकराज पौडेलको सञ्चालनबाट अगाडि बढेको सो भेला समारोहमा केन्द्रीय कोषाध्यक्ष केवी थापा, केन्द्रीय सदस्य धनवीर पुन मगर, मदन शर्मा, भगवती कुँवर, चोवनाथ शर्मा, मोहराज चालिसे, बालकृष्ण गायक र ठाकुर प्रसाद केसी लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा प्रतिनिधिहरुलाई काशीराम शर्माले शब्दबाट र कलाकारहरुले गित संगितबाट स्वागत गर्नुभएको थियो ।
नयाँ समितिलाई केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय कोषाध्यक्ष केवी थापा, केन्द्रीय सदस्य भगवती कुँवर, मदन शर्मा, चोबनाथ शर्मा लगायतले बधाई दिनुभएको थियो । कार्यक्रमका बीचमा बीचमा रक्तिम विभागका कलाकारहरुले विविध गित संगित प्रस्तुत गरेका थिए ।