• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, असोज ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न ठाउँमा वर्षा

कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

प्रवासीको सहयोगपछि गुमाको उपचार


  •   बुधबार, असार २३, २०७८ मा प्रकाशित
  • बागलुङ । उपचार नपाएर दुई वर्षदेखि बिस्तारामा थलिनुभएकी गलकोट नगरपालिका–७ मल्मकी ३० वर्षीया गुमा परियारका लागि प्रवासी नेपाली सहारा बनेका छन् । अर्थाभावमा उपचारबाट बञ्चित उहाँका लागि विदेशबाट सहयोग जुटेको हो । तत्कालीन माओवादी सशत्र द्धन्दताका जनमुक्ति सेनामासमेत काम गर्नुभएकी परियार नशासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ ।

    Advertisement

    तीन साताअघि राससले ‘उपचार नपाएर तड्पिँदै पूर्वलडाकु’ शीर्षकमा समाचार दिएको थियो । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा परियारको स्वास्थ्य स्थितिबारे विवरण सार्वजनिक भएपछि उपचारका लागि स्वतःस्फूर्तरुपमा आर्थिक सहयोग जुटेको हो ।

    वडा कार्यालय, स्थानीय घुम्टे युवा परिवारलगायतका सङ्घसंस्था र व्यक्तिले आर्थिक जोहोसँगै परियारलाई उपचारका लागि अस्पताल पु¥याउन पहल लिएका थिए । जापानमा रहेको घुम्टे युवा परिवारको शाखा कार्यालयमार्फत सङ्कलित रु तीन लाख १५ हजार परियारको उपचारका लागि पठाइएको शाखा अध्यक्ष दिलबहादुर थापा ‘रामु’ले जानकारी दिनुभयो ।

    साउदी अरबमा रहनुभएका सन्तोष थापा र स्पेनमा कार्यरत कमल थापाको पहलमासमेत परियारको उपचारका लागि आर्थिक सहयोग अभियान चलाइएको छ । परियार काडमाडौँको वीर अस्पताल र न्युरो अस्पतालमा उपचार गराएर केही दिनअघि घर फर्कनुभएको छ ।

    परियारका श्रीमान् जुने मल्लले एक महिनापछि पुनःपरीक्षणका लागि चिकित्सकले बोलाएको बताउनुभयो । यसअघि सिटीस्क्यान र एमआरइ गर्दा टाउकाको नशा सुकेको पाइएको उहाँको भनाइ छ ।

    मल्लका अनुसार दुई वर्षअघि बुटवलको क्रिमसन अस्पतालमा परीक्षण गराउँदा त्यहाँका चिकित्सकले परियारलाई ‘ब्रेन ट्युमर’ भएको बताएका थिए । अहिले परीक्षण गर्दा भने ट्युमर नदेखिएको बरु मस्तिष्कको नशा सुकेको जनाइएको छ ।

    नशासम्बन्धी रोगका कारण परियारमा पक्षघातको जटिल समस्या छ । शरीरको दाँहिने भाग चल्दैन । खाना खान र शौचालय जान पनि अरुकै सहारा चाहिन्छ । दिनदिनै रोगले गाल्दै लगेको छ । बोली मधुरो र अस्पष्ट हुँदै गएको छ ।

    बिरामी परेर हल न चल भएपछि परिवार र श्रीमानको बेवास्तामा पर्नुभएकी परियार वर्ष दिनदेखि माइतीमा बस्दै आउनुभएको थियो । दुई छोरीकी आमा उहाँकाबारेमा खबर बाहिर आएपछि गाउँका भद्रभलाद्मी बसेर श्रीमान् जुनेसँग छलफल गरेका थिए । उपचारका लागि आर्थिक सहयोग जुट्न थालेपछि मल्ल पनि श्रीमतीलाई उपचारका लागि काठमाडौँ लिएर जान तयार हुनुभएको थियो ।

    घुम्टे युवा परिवारको केन्द्रीय कार्यालयले परियारको उपचारका लागि सञ्चालित आर्थिक अभियानमा समन्वयको काम गरिरहेको अध्यक्ष थम्मन थापाले बताउनुभयो ।

    लामो समयदेखि रोगले थलिनुभएकी परियारको बेलैमा उपचार र पुनःस्थापना हुन नसक्दा धेरैले चिन्ता व्यक्त गरेका थिए । कुनैबेला मुलुकको परिवर्तनका खातिर सङ्घर्षमा होमिनुभएकी परियारको बिग्रँदो स्वास्थ्यस्थितिप्रति बेखबर बनेकामा सत्ताको नेतृत्व र सम्बन्धित दलप्रति पनि गुनासो बढेको थियो । गत जेठ अन्तिमतिर परियारले आफ्नै फेसबुकमार्फत बिरामी शरीरको फोटो र सहयोगको याचनासहित पोष्टसमेत सार्वजनिक गर्नुभएको थियो ।

    बुधबार, असार २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न ठाउँमा वर्षा
    कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      देशका विभिन्न ठाउँमा वर्षा

    • २.
      कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

    • ३.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • ४.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ५.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ६.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ७.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ८.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.