काठमाडौं । भारतका भेट्रान कलाकार दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बईको हिन्दुजा अस्पतालमा बुधबार विहान निधन भएको हो ।
Advertisement
स्वास प्रस्वासको समस्या भएपछि दिलिप कुमार १५ दिनदेखि अस्पतालमा राखिएका थिए । उनको प्रोस्टेट क्यान्स शरीरका अन्य अङ्गमा फैलिएको थियो । मृगौलाले काम गर्न छाडेपछि मृत्यु भएको उल्लेख छ ।
उनले फिल्मी दुनियाँमा विशिष्ट र पृथक पहिचान बनाएका थिए । सन् १९४४ मा ज्वारभाटाबाट बलिउडमा छाएका उनले पाँच दशको फिल्मी करिअरमा धेरै सुपरहिट फिल्म दिएका थिए । उनको अन्दाज, आन, दाग, देवदास, आजाद, मुगले आजम, सौदागर, कर्म, शक्ति, क्रान्ति जस्ता फिल्म लोकप्रीय छन् ।
सन् १९२२ को डिसेम्बर ११ मा हालको पाकिस्तानको पेसावरमा दिलिप कुमारको जन्म भएको थियो । उनको खास नाम मोहम्मद युसुफ खान हो ।
दिलिप कुमार भारतको माथिल्लो सभाका सांसद पनि भए ।