• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

संयुक्त कार्यक्रमको आचरण मतभेदका बावजुद इमान्दारीता होः केसी


  •   बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
  • लक्ष्मी चौधरी, काठमाडौं ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त कार्यक्रमलाई सबै पक्षले इमान्दारीपूर्वक पालना गर्नुपर्ने बताउनुभएको छ ।

    बिहीबार बाग्लुङमा प्रदेशसभा सदस्य पदको लागि खिमविक्रम शाहीको उम्मेद्वारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संयुक्त कार्यक्रमको आचरण मतभेदका बाबजुद इमान्दारीपूर्वक कार्यान्वयन गर्नु रहेको बताउनुभयो ।

    उपनिर्वाचनमा तालमेलका लागि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमतिबारे केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘केही दिन पहिले नै मैले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री लगायतका नेताहरुसँग भेटेर चुनावको विषयमा छलफल गरेको थिएँ । विगतको निर्वाचनमा जसले जहाँ जितेका थिए, त्यसलाई अर्को पक्षले सर्मथन गर्ने सहमति भएको थियो । यो सहमतिलाई दुबै दलका नेता कार्यकर्ताहरुले इमानदारीतापूर्वक कार्यन्वयन गर्नुपर्छ ।’

    अध्यक्ष केसीले आफूहरुबीचको सहमतीलाई इमान्दारीकासाथ कार्यन्वयन गरे कुनै पनि ठाउँमा हार्न नपर्ने बताउनुभयो । ‘विगतका चुनावमा पनि हामी नमिलेका कारणले, हाम्रा कमजोरीका कारणले हामीलाई असफता मिलेको हो’ केसीले भन्नुभयो ।

    अध्यक्ष केसीले आफ्नो मतभेद पुष्पलालदेखि मदन भण्डारीसम्म रहेको स्मरण गर्दै सैद्धान्तिक, राजनीतिक मतभेदका बावजुद कतिपय सवालमा कार्यगत एकता गरेको उल्लेख गर्नुभयो ।

    केसीले सम्बोधनका क्रममा भारतले कालापानीमा गरेको अतिक्रमणको विरोध गर्दै त्यस विरुद्ध वामपन्थी देशभक्त शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले केन्द्रमा भएको सहमति सबै ठाउँमा इमान्दारितापूर्वक पालना गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेता पौडेलले कार्यकर्तामा केही सामान्य असन्तुष्टि देखिएपनि त्यो चाँडै नै हल गरिने बताउनुभयो ।

    यता,  बाग्लुङ २(ख) का उम्मेद्वार खिमविक्रम शाहीले आफूहरुले चुनाव जितिसकेको बरु कति मतले अगाडि जाने भन्ने परिणाम हेर्न मात्रै बाँकी रहेको बताउनुभयो । शाहीले तालमेलका साथ उम्मेद्वारी दिएकाले सबैको सल्लाह सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता पनि ब्यक्त गर्नुभयो ।

    त्यस अवसरमा उहाँले पूर्व सांसद टेकबहादुर घर्तीलाई स्मरण गर्दै स्वर्गीय घर्तीले देखाएको बाटोमा दृढतापूर्वक अघि बढ्नुपर्ने बताउनुभयो ।

    उम्मेद्वार मनोनयन दर्ता गराउनु अघि राजमोको कार्यालयबाट अगाडि बढेका जुलुस नेकपाको कार्यालय हल्लनचोक हुदै जिल्ला निर्वाचन कार्यालयमा पुगेको थियो । दर्ता पछी बसपार्क, जिल्ला प्रसाशन, लालीगुराँस चोक हुँदै लोकतान्त्रिक चोकमा पुगी सभामा परिणत भएको थियो ।

    उम्मेद्वार परिचय सभाको सञ्चालन जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु प्रसाद भुसाल तथा अध्यक्षता राष्ट्रिय जनमोर्चा बाग्लुङ जिल्ला अध्यक्ष अमर थापाले गर्नुभएको थियो ।

    कार्यक्रममा नेकपाका नेता एवं सांसद देवेन्द्र पौडेल, नेकपाका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपाका नेता गोविन्द नेपाली, प्रदेश सांसदद्वय कृष्ण थापा र वलावती शर्मा, राजमो नेता धर्म बहादुर कुवँर एवं नेकपाका नेताहरु मोहनलाल शर्मा र प्रेम घर्ती लगायतले बोल्नुभएको थियो ।

    बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.