परासी । राष्ट्रिय जनमोर्चा सुनवल नगर समितिको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
राजमो सुनवल नगरपालिका वडा नं. १ प्रगतिटोल टोल समितिका सल्लाहकार ओमबहादुर थापाको निधन भएपछि उहाँलाई श्रद्धाञ्जली दिन सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा राजमो नवलपरासीका उत्तमराज खरेलले ओमबहादुर थापको जीवनीसहितको श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राजमो सुनवल नगर समितिका अध्यक्ष शेरबहादुर सूर्यवंशीले मृतक थापाको शवमा पार्टीको झन्डा ओढायर सम्मान गर्दै मौनधारण गरिएको थियो ।
ओमबहादुर थापाका ८० वर्षको उमेरमा २०७८ असार १८ गते बिहान ५ बजे उपचारको दौरानमा क्रिमसन अस्पतालमा मृत्युु भएको थियो ।
ओमबहादुर थापाको घरमा श्रीमतीसहित एक छोरा रहेका छन् ।