काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।
Advertisement
यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना जोखिमको कारण देखाउँदै ती देशमा आफ्ना नागरिकलाई जान रोक लगाएको हो ।
यूएईले साउन ६ गतेसम्मका लागि नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरियामा आफ्ना नागरिकलाई जान रोक लगाएको छ ।
यूएईको विदेश मन्त्रालयले विदेश (अन्य देश) भ्रमण गर्ने आफ्ना नागरिकलाई कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन आग्रह गरेको छ।
यो पनि : कुवेतले कोभिडविरुद्ध डबल डोज खोप नलगाएका विदेशीलाई प्रवेश नदिने

