काठमाडौं । वैदेशिक रोजगारीका लागि इटली पठाइदिन्छु भन्दै तीन जनाबाट प्रतिव्यक्ति १० लाख ५० हजार उठाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–७ घर भइ हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने वर्ष ३६ को उमेश रेग्मी रहेका छन्।
रेग्मीले रामेछापको उमाकुण्ड गाविस वडा नं ३ बस्ने वर्ष २३ को सौगात सुनुवारसमेत तीन जनाबाट प्रतिव्यक्ति १० लाख ५० हजार रुपैयाँ लिइ अजरवैजान पुर्याएर अलपत्र पारी छोडेका थिए।
उमेशले विभिन्न व्यक्तिहरुलाई वर्किङ भिसामा युरोपियन युनियन पठाइदिने भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइको छ।