• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रधानमन्त्री ओलीले दुईजना दूतमार्फत मन्त्री पदको प्रस्ताव पठाएको पौडेलको खुलासा


  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन्त्री बनाउन दुई जना व्यक्तिहरुमार्फत सन्देश पठाएको खुलासा गर्नुभएको छ । ओलीले केही समयअघि तत्कालिन मन्त्री टोपबहादुर रायमाझी र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पठाएर आफूलाई मन्त्रीको अफर गरिएको जानकारी दिनुभयो ।

    Advertisement

    पौडेलका अनुसार मन्त्री रायमाझी र प्रेस सल्लाहकार थापाले छुट्टाछुट्टै रुपमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई भेटेर आफूलाई मन्त्री बन्नको लागि प्रस्ताव गरेको बताउनुभयो । त्यसको बदलामा राष्ट्रिय जनमोर्चाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारलाई समर्थन गर्न आग्रह गरिएको पौडेलको भनाई छ ।

    ‘प्रधानमन्त्री केपी ओलीले मोहनजी (मसाल महामन्त्री मोहनविक्रम सिंह) लाई भेट्न आफ्ना प्रेस सल्लाहकार सूर्य थापा र तत्कालिन मन्त्री टोपबहादुर रायमाझीलाई पठाउनुभएको थियो । उहाँहरुको प्रस्ताव मलाई मन्त्री बनाउने र बदलामा पृथ्वीसुब्बा नेतृत्वको गण्डकी सरकारलाई समर्थन गरिदिनुपर्यो भन्ने आग्रह थियो’ पौडेलले भन्नुभयो, ‘तर, हाम्रो पार्टीको नीति ओली सरकारलाई समर्थन नगर्ने रहेको भन्दै उहाँले प्रस्तावलाई ठाडै अस्वीकार गरिदिनुभयो ।’

    यस्तै, अर्थमन्त्री विष्णु पौडेलले पनि मसाल महामन्त्री सिंहसँग भेटेरै कुरा गर्न चाहेको उपाध्यक्ष पौडेलले बताउनुभयो ।

    ‘मोहनजीसँग भेट गराइदिनुपर्यो । बसेर छलफल गरौं’ अर्थमन्त्री पौडेलको भनाई उदृत गर्दै नेत्री पौडेलले भन्नुभयो, ‘हाम्राबीचमा सहकार्य गरेर जाँदा राम्रो हुन्छ ।’

    जवाफमा नेत्री पौडेलले मोहनविक्रम सिंहलाई भेटेर पार्टीको नीति परिवर्नत नहुने भन्दै प्रधानमन्त्रीले भेटे पनि कुनै अर्थ नहुने बताउनुभएको थियो ।

    गण्डकीमा राष्ट्रिय जनमोर्चाको निर्णायक भूमिकाका कारण एमाले नेतृत्वको सरकार ढलेर हाल कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ ।

    यसअघि पौडेलललाई उपसभामुख बन्न तत्कालिन नेकपाले प्रस्ताव राखेको थियो । नेकपा(एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि सभामुख र उपसभामुख दुवै पदमा एकै दलका व्यक्ति जान नमिल्ने संवैधानिक व्यवस्थाअनुसार नेकपाले पौडेललाई उपसभामुखका लागि प्रस्ताव गरेको थियो । तत्कालिन महान्यायाधिवक्ता अग्नि खरेल उपसभामुखको प्रस्ताव लिएर अध्यक्ष चित्रबहादुर केसीकहाँ आएको तर पार्टीले अस्वीकार गरेको पौडेलले स्मरण गर्नुभयो ।

    अध्यक्ष केसीले संसदमा आफ्नो पार्टीका तर्फबाट एक जनामात्रै सदस्य रहेको र उपसभामुख बनेपछि पार्टीले संसदमा खेल्ने राजनीतिक भूमिका समाप्त हुने भन्दै सो प्रस्तावलाई अस्वीकार गरिदिनुभएको थियो ।

    उपसभामुखको प्रस्तावप्रति धन्यवाद, तर स्वीकार गर्दैनौंः केसी

    यसै सन्दर्भमा प्रधानमन्त्री ओलीले सोमबार दिएको अभिव्यक्तिप्रति नेत्री पौडेलले आपत्ति जनाउनुभएको छ ।

    सोमबार मदन भण्डारीको स्मृतिमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेर काम गरेको आरोप लगाउनुभएको थियो । उहाँले आफ्ना एकजना प्रतिनिधिलाई जसरी भएपनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको दाबी गर्नुभएको थियो ।

    प्रधानमन्त्रीले आफै मन्त्री बनाउन दूत पठाएको तर, आफै मन्त्रीको लागि कांग्रेसको पछि लागेको भनेर हास्यास्पद कुरा गरेको पौडेलले बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली एक पछि अर्को असंवैधानिक काम गर्दै सत्ता टिकाउने प्रयास गर्दागर्दै असफल हुने अवस्था आएपछि असन्तुलित टिप्पणी गर्न लागेको आरोप लगाउनुभयो ।

    प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनका नेताहरुलाई तुच्छ आरोप लगाएको उहाँले टिप्पणी गर्नुभयो । सोमबार आयोजित कार्यक्रममा ओलीले ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउन मलाई बहुला कुकुरले टोकेको छ र ?’ भन्नुका साथै शेरबहादुर देउवा र प्रचण्डलाई पनि विभिन्न आक्षेप लगाउनुभएको थियो ।

    मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.