काठमाडौँ । स्याङजाका पाँच राजनीतिक दलले कालीगण्डकी डाइभर्सनको विरोध गरेका छन् । सामाजिक, सांस्कृतिक, प्राकृतिक, वातावरणीय र आर्थिक पक्षको बृहत् अध्ययन नै नगरी कालीगण्डकीको प्राकृतिक मार्ग परिवर्तन गर्न खोजेको भन्दै उनीहरूले डाइभर्सनको विरोध गरेका हुन् ।
२०७८ असार १४ गते जारी प्रेसविज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैरे, नेपाली काङ्ग्रेसका का.वा. सभापति बुद्धिबहादुर राना, नेकपा (माओवादी–केन्द्र) का संयोजक शैलेन्द्र घिमिरे, नेकपा (एमाले) का अध्यक्ष रामचन्द्र भट्टराई र जनता–समाजवादी पार्टीका अध्यक्ष श्यामनाथ ढकालको हस्ताक्षर छ ।
प्रेसविज्ञप्तिमा भारतीय दबदबामा कोठे सम्झौता गरी कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय योजना अगाडि बढाइएको आरोप लगाएको छ ।
कालीगण्डकीको जलाधार क्षेत्रमा बस्ने वासिन्दा विस्थापन र मरुभूमीकरणबाट पीडित हुने बताइएको सो विज्ञप्तिमा भनिएको छ– “यस परियोजनाले नेपालीलाई पक्षविपक्षमा विभाजन गरी द्वन्द्वमा फसाएर भारतीय स्वार्थपूर्ति गर्ने षड्यन्त्रको जाल हानेको हुँदा कुनै पनि तर्कले कालीगण्डकी डाइभर्सन नेपालको हितमा नभएको निस्कर्षसहित यो राष्ट्रघाती परियोजनाको विरुद्धमा हामी डटेर सामना गर्ने प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण सचेत नागरिकलाई यस विषयमा आफ्नो आवाज बुलन्द गर्न र सङ्घर्षका लागि तयार रहन अपिल गर्दछौँ ।
यस्तो छ, विज्ञप्तिको पूर्ण पाठ
