खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समितिको आयोजनामा सानिवाल एरिया समितिका अध्यक्ष स्व. भोजराज शर्माको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
लुधियाना सनिवाल एरिया समितिका अध्यक्ष स्व. भोजराज शर्माको २३ मइको असमायिक निधन भएको थियो । उहाँ प्युठान जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्वर ३ निवासी हुनुहुन्थ्यो ।
धनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न शोकसभामा क्षेत्रीय सदस्य उदैसिंह चन्द, नगर सचिव अर्जुन कार्की, नगर समितिका इन्द्र केसी, विनोद थापा, कमल थापा, बिना साउदी, कल्पना साउद, विष्णु साउद लगायतले मृतक शर्माप्रति १ मिनट मौनधारण सहित श्रद्धाञ्जली अर्पित गर्नुभएको थियो ।
कोरोना माहामारीको कारण लकडाउमामा रहेको लुधियानामा आफ्ना कार्यकर्ताको प्रत्यक्ष शोकसभा गर्न असमर्थ भएपछि करिब एक महिना पछि शोकसभा सम्पन्न गरिएको नगर सचिव अर्जुन कार्कीले बताउनु भएको छ ।