काठमाडौं । आफूलाई समाजसेवी बताउने ज्वाला संग्रौला पक्राउ परेकी छन् । ज्वाला सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
आफूलाई ‘सामाजिक अभियन्ता’ दाबी गर्ने ज्वाला संग्रौला र उनको समूहले प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रंगभेदी अभिव्यक्ति दिएको भन्दै छानबिन सुरु भएको थियो ।
संग्रौलासहित हिमाल उपाध्याय र शर्मीला वाइवालाई प्रहरीले आइतबार पक्राउ गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरुविरुद्ध मधेसी आयोगमा गत बुधबार उजुरी परेको थियो । आयोगले यस घटनाबारेमा प्रहरी प्रधान कार्यालयलाई जानकारी गराउँदै कारबाही माग गरेको थियो ।
संग्रौलासहितको टोलीलाई ड्युटीमा खटिएका ट्राफिक झाले रोकेर जाँच गरेपछि रंगभेदी व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएको थियो।
निषेधाज्ञामा पास बिना सवारी चलाउन नमिल्ने भन्दै झाले पास मागेका थिए। तर, उनीहरुले पास नदेखाएपछि विवाद भएको थियो।
