काठमाडौं । सर्वोच्च अदालतले अग्रपंक्तिमा खटिने पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ।
Advertisement
पत्रकार तथा अभिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले पत्रकारका लागि खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।
रिटमा अन्तरिम आदेश दिँदै सर्वोच्च अदालतले पहिलो खोप लगाएका पत्रकारलाई दोस्रो र पहिलो खोप नलगाएका पत्रकारलाई पहिलो खोप उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल पत्रकार महासंघले यसअघि नै स्वास्थ्य तथा जनसंख्यामन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटेर पत्रकारका लागि खोपको व्यवस्था गर्न माग गरेको थियो ।
