सिञ्जा । जुम्लाको पातारासी गाउँपालिका लेखिढुंगा टुङ्टुङ लेकको पहिरोमा परी चार जना बेपत्ता भएका छन । सो क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन ।
Advertisement
पहिरोमा घाइते भएका मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको स्वास्थावस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परी घाइते भएका अन्य दुई जनाको पहिचान हुन सकेको छैन ।
उनीहरु जडिबुटी खोज्न पाटन गएका बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले ‘मौसममा सुधार हुने बित्तिकै हवाईबाट बेपत्ताको खोजी शुरु हुन्छ ।’(रासस)