प्युठान । प्युठानको मल्लरानी गाउँपालिका– बर्बोट निवासी हिरा बहादुर विक खोलाले बगाएर बेपत्ता भएका छन् ।
Advertisement
सडक पूर्वाधार विकास कार्यालय रोल्पा अन्तरगत प्युठान खलंगा–चुंजाठाँटी सडकका हेरालु (कर्मचारी) हिरा बहादुर विकलाई असार १ गते छापेखोलाले बगाएको हो ।
कार्य क्षेत्र सालठाटीबाट काम सकेर घर फर्कंदै गर्दा साँझ साढे ५ बजे ट्रान्सफर्म नजिकै छापेखोलामा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन्।
विकको खोजी जारी छ । उनको बारेमा कुनै जानकारी प्राप्त भएमा ९८४७८२१२७९ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।