काठमाडौं । चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी अब करिब दुई महिना बन्द हुने भएको छ । सुरुङ परीक्षणका लागि असार १ गतेदेखि पानी बन्द गर्न लागिएको हो ।
Advertisement
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको पानी आउन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका फेरेको छ । उपत्यकामा असार १ गतेदेखि लागू हुनेगरी पानी वितरणको तालिका परिवर्तन गरिएको हो ।
नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ ।
मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो । अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ ।
यस्तो छ तालिका
