काठमाडौं । गएको २४ घण्टामा नेपालमा ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार १८२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
Advertisement
आज ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् । यस्तै, ६७ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हिजो देशभर ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो भने ५ हजार २९३ जना संक्रमणमुक्त भएका थिए । यस्तै, ५९ जनाको मृत्यु भएको थियो ।
हिजो काठमाडौंमा उपत्यकामा ७६४ जनामा संक्रमण पुष्टि भएको थियो ।