काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ४२ जना कोरोना संक्रमित थपिएका छन्।
Advertisement
पीसीआर विधिबाट ११ हजार ४७१ को परीक्षण गर्दा ३ हजार ५४० र ५ हजार ३३४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा कोरोना देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ।
सोही अवधिमा ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् ।