काठमाडौँ । सर्वोच्च अदालतका ११ जना न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न माग गर्दै निवेदन परेको छ ।
Advertisement
१४६ सांसदहरूले दायर गरेको मुद्दा छिनोफानोसम्मका लागि उनीहरूलाई संवैधानिक इजलासमा नराख्न यस्तो माग गरिएको हो ।
अधिवक्ता राजाराम घिमिरेले ती न्यायाधीशको स्वार्थ बाझिने भन्दै उहाँहरूलाई संवैधानिक इजलासमा नराख्ने मागदाबीसहित जेठ २१ शुक्रबार निवेदन पेस गर्नुभएको हो ।
निवेदनमा उल्लेख ११ न्यायाधीशहरूमा दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्लप्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।
सांसदहरूको मुद्दामा यी न्यायाधीशको कुनै न कुनै रूपमा स्वार्थ बाझिने दाबी निवेदनमा गरिएको छ ।
यस्तो छ रिट निवेदन (पिडिएफ)