ललितपुर । ललितपुर महानगरपालिकाले कोभिड–१९ को सङ्क्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपियाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
Advertisement
२०७८ जेठ २१ गते शुक्रबार कोभिड–१९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरू कोभिड–१९ सङ्क्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले प्रतिमृतक एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको बताए ।
त्यस्तै आइसियु तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकालाई जनही ५० हजार रुपियाँ र अस्पताल भर्ना भएर कोभिड–१९ जितेकालाई जनही २५ हजार रुपियाँ प्रदान गरीने उनले जानकारी दिए ।
महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिस पत्रलगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ ।

