काठमाडौं । नेपालमा गएको २४ घण्टामा कोरोना भाइरसबाट ६ हजार ८२५ जना संक्रमित भएका छन् ।
५ हजार ९०४ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् ।
आज काठमाडौंमा उपत्यकाका तीन जिल्लामा कुल २ हजार ५७ जना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १६ सय ३०, भक्तपुरमा १२९ र ललितपुरमा २ सय ९८ जना संक्रमित थपिएका छन् ।
त्यस्तै,२१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ ।
योसँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ ।

