काठमाडौं । उदयपुरमा कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सातादिन भित्रै दुई छोरा र आमाको निधन भएको हो ।
Advertisement
रौतामाई गाउँपालिका–७ मुर्कुचीकी ७१ वर्षीया तिलमाया मस्रांगीमगरको बिहीबार मृत्यु भएको छ भने तीन दिनको फरकमा जेठ १५ गते ४५ वर्षीय साहिलो छोरा तुलबहादुर र जेठ १८ गते ५० वर्षीय जेठो छोरा पुस्कलको उपचारकै क्रममा मृत्यु भएको थियो । विराटनगरस्थित विराट मेडिकल र नोबेल शिक्षण अस्पतालमा उनीहरूको मृत्यु भएको हो ।
कोरोना देखिएपछि उनीहरू तीनै जनालाई दुई साताअघि गाईघाटस्थित आँखा अस्पतालको आइसोलेसनको वार्डमा पुर्याइएको थियो ।