काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले देवबहादुर लामिछाने र महेन्द्र बस्याल आफ्नो संगठनको साधारण सदस्यसमेत नरहेको स्पष्ट पारेको छ ।
मूल प्रवाहको नामबाट उनीहरुले एउटा भर्चुअल कार्यक्रम गरेको भनि सामाजिक सञ्जालमा सेयर गरेकोप्रति समाजले आपत्ति जनाएको छ ।
समाजका अध्यक्ष दुर्गा बहादुर केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी संगठनको साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई संगठनको नाममा गतिविधि नगर्न चेतावनी दिनुभएको छ ।
यस्तै, संगठनको अनुशासन उल्लंघन गर्ने दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गतका उमानन्द आचार्य, पूर्णप्रसाद सुवेदी (प्रेम सुवेदी), दयाराम खनाल लगायत कतिपय कार्यकर्ताहरुलाई पनि साधारण सदस्य समेत नरहने गरि संगठनबाट पहिले नै हटाइएको स्पष्ट पार्दै अध्यक्ष केसीले ति व्यक्तिहरुले संगठनविरुद्ध फैलाएको भ्रममा नपर्न सबैसँग अपिल गर्नुभएको छ ।
