काठमाडौं । गएको २४ घण्टामा नेपालमा ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१७ हजार ४८० जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित देखिएका हुन्, जसमा १५ हजार ५५ जनाको पीसीआर र २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
आज ११४ जनाको निधन भएको छ। यो सँगै कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ७ हजार ३८६ पुगेको छ। आज ६ हजार ४९१ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हिजो ४ हजार ३६६ संक्रमित थपिएका थिए भने ६ हजार २०५ संक्रमणमुक्त भएका थिए। १०९ जनाको निधन भएको थियो। आजसम्म नेपालमा ५ लाख ६१ हजार ३०२ जना संक्रमित भएकोमा ४ लाख ४७ हजार ४४६ जना निको भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार २६३ नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९०, भक्तपुरमा १२१ र ललितपुरमा २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

