• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्राकृतिक खानालाई अत्यधिक जोड दिऊँ : डा. हरिप्रसाद पोख्रेल


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । डा. हरिप्रसाद पोख्रेलले प्राकृतिक खानामा अत्यधिक जोड दिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    अखिल नेपाल कानुन व्यवासायी सङ्घ (अन्ला) द्वारा आयोजित “कोरोना रोकथाम र स्वस्थकर जीवनशैली” विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा डा. पोख्रेलले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा डा. पोख्रेलले संसारका सबैभन्दा बढी विकसित पाँच देश नै कोरोना सङ्क्रमणको चपेटामा परेकाले हामी गम्भीर हुनपर्ने बताउनुभयो ।

    ‘संसारका सबैभन्दा विकसित पाँच देश, जहाँ एलोप्याथिक उपचार प्रविधि उच्च विकसित चरणमा छ, त्यहाँ नै कोरोनाको सङ्क्रमण उच्च छ’ उहाँले भन्नुभयो– ‘यसबाट थाहा हुन्छ, मानव समुदायको स्वास्थ्य समस्या हाम्रो जीवन पद्धतिमा छ, जीवनशैलीमा छ ।’

    उहाँले भान्सामा प्राकृतिक पदार्थको अत्यधिक उपयोगलाई बढाउनुपर्ने बताउनुभयो ।

    ‘हामी नेपालीको भान्सामा पहिले पहिले सयभन्दा बढी औषधीय जडीबुटी प्रयोग हुन्थे, त्यो अहिले तीव्र गतिमा घट्दै गइरहेको छ’ डा. पोख्रेलले भन्नुभयो– ‘अब त हामी कस्तो स्थितिमा आयौँ भने दुध बेचेर कोक–पेप्सी खान थाल्यौँ ।’

    उहाँले भान्सामा अत्यधिक नुन, चिनी र मैदाजस्ता वस्तुको प्रयोगले हाम्रो प्राकृतिक खाद्य सन्तुलन बिग्रदै गइरहेको बताउनुभयो ।

    स्वस्थ रहनका लागि खानाका साथै शारीरिक व्यायाम र तनाव व्यवस्थापन महŒवपूर्ण भएको बताउँदै उहाँले त्यसपछि मात्र हाम्रो जीवनपद्धति वा जीवनशैली प्राकृतिक प्रकारको हुने बताउनुभयो ।

    ‘संसारका ८० प्रतिशत रोगहरू असन्तुलित जीवनशैलीका कारणले उत्पन्न हुन्छन्’ उहाँले उपाय प्रस्तुत गर्नुभयो– ‘सन्तुलित र स्वस्थ जीवनशैली कायम राख्ने हो भने धेरै हदसम्म रोगबाट बच्न सकिन्छ ।’

    मन्तव्यको क्रममा उहाँले नेपालमा स्वास्थ्य मन्त्रालय नै नभएको तर्क गर्नुभयो ।

    ‘नेपालमा स्वास्थ्य मन्त्रालय नै छैन, छ त खाली एलोप्याथी मन्त्रालय छ’ उहाँले नेपालको स्वास्थ्य मन्त्रालयले सबै चिकित्साविधिप्रति अनुपातिक ढङ्गले ध्यान दिन नसकेको बताउनुभयो ।

    उहाँले स्वास्थ्य सुरक्षाका उपाय भने सबैले अपनाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘कतिपय प्राकृतिक चिकित्सक र योगशिक्षकले अहिले माक्स लगाउनुपर्दैन, कोरोनाको खोप लगाउनुपर्दैन भनिरहेको सुनिन्छ’ उहाँले भन्नुभयो– ‘त्यस्तो होइन, मास्क, स्यानिटाइजर, खोप, अस्पताल त सबैलाई चाहिन्छ । यसलाई कसैले पनि नजरअन्दाजन गर्न सक्दैन ।

    राजमो अध्यक्ष चित्रबहादुर केसीले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता अन्लाका अध्यक्ष पदम रोकाले गर्नुभएको थियो भने सञ्चालन महासचिव लक्ष्मणदेव पाण्डेले ।

    कार्यक्रममा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, अधिवक्ताहरू एकराज भण्डारी, रुद्र नेपाल, योगेन्द्रबहादुर शाहीसहित विश्वभरिबाट विभिन्न राजनीतिक तथा पेसागत सङ्घ–सङ्गठनका पदाधिकारी तथा सदस्यको सहभागिता रहेको थियो ।

    पदम रोकाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा साहित्यकार रामदेव पाण्डेले डा. हरिप्रसाद पोख्रेलको परिचय गराउनुभएको थियो ।

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.