• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सुर्ती सेवन गर्नेमा कोरोना संक्रमणको जोखिम उच्च


  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको हो ।

    Advertisement

    सङ्क्रमणको दोस्रो लहर देखिएपछि अधिकांश बिरामीमा फोक्सो र मुटमा गम्भीर असर पु¥याएको छ । अहिले सङ्क्रमितलाई धेरैजसो फोक्सोमा समस्या आई अक्सिजन दिनुपरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्सन नेपालले सोमबार आयोजना गरेको “कोभिड–१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाऊ” विषयक अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा. राजेश पाण्डवले सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै क्षति भइसकेको हुने र सङ्क्रमणले झनै असर गर्ने गरेको बताउनुभयो ।

    उहाँले अहिले सङ्क्रमणले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई बढी गम्भीर बनाउने भएकाले सेवन छाड्नुपर्ने बताउनुभयो । उहाँका अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटमा नै मुटुको धड्कनमा सुधार आउने बताउनुभयो ।

    उहाँका अनुसार धुम्रपान छाडेको १२ घण्टाभित्र रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा आउने र दुई हप्तादेखि १२ हप्तामा फोक्सोमा सुधार आउने, एकदेखि नौ महिनासम्म खोक्ने र छिटोछिटो सास फेर्नमा सुधार आउँछ । यसैगरी १० वर्षभित्रमा फोक्सोको क्यान्सर तथा १५ वर्षभित्रमा मुटुसम्बन्धी रोग लाग्ने सम्भावनासमेत घट्छ ।

    नेपाल कार्डियो सेन्टरका वरिष्ठ कार्डियोलोजिस्ट डा. ओममुक्ति अनिलले अहिले कोभिड–१९ का कारणले सुर्तीजन्य पदार्थ सेवन घटेको बताउनुभयो । उहाँले अहिले घटिरहेको सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले दिनमा एकदुई वटा चुरोट खाँदा पनि हृदयाघात, फोक्सोमा क्यान्सरजस्ता समस्या देखिएको जानकारी दिनुभयो । युवा अवस्थामा नै सुर्तीजन्य पदार्थको सेवन छाड्न सके स्वास्थ्यलाई फाइदा हुने उहाँको भनाइ थियो ।

    राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाका अनुसार नेपालमा बर्सेनि २७ हजार १३७ व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको छ । त्यो नेपालमा मृत्युको करिब १५ प्रतिशत हो । सुर्तीजन्य पदार्थको सेवनले नसर्ने रोग क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गरेको छ ।

    विश्वमा करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने र १२ लाख व्यक्तिको सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गरेको छ । केन्द्रका निर्देशक डा थपलियाका अनुसार नेपालको तथ्या्कले हाल सुर्तीजन्य पदार्थ सेवन गर्ने २८.९ प्रतिशत रहेका देखाएको बताउनुभयो । तीमध्ये ४८.३ पुरुष र ११.६ प्रतिशत महिला छन् । यसैगरी पहिलो पटक धुम्रपान सुरु गर्दाको औसत उमेर १७.८ रहेको छ ।

    दिनहुँ चुरोट खाने व्यक्तिले प्रत्येक दिन करिब ६.५ वटा चुरोट खाने गरेका छन् । नेपालमा बर्सेनि सुर्तीजन्य पदार्थको सेवनले उपचारार्थ खर्च, रोगीको उत्पादकत्वमा आएको ह्रास, अकालमृत्यु र अशक्त हुँदा करिब रु. ४७ अर्ब क्षति हुने गरेको छ ।

    “सुर्तीजन्य कुलत छाड्ने प्रतिज्ञा गर्नुहोस् : कुलत त्याग्नेहरु नै वास्तविक विजेता हुन्” भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउने क्रममा सो कार्यक्रम आयोजना गरिएको हो ।

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.