• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दुर्व्यवहारमा संलग्नलाई कारबाही गरिने उपप्रधानमन्त्री पोखरेल र गृह मन्त्रालयको दावी 


  •   शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
  • काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृह मन्त्रालयले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका दोषीमाथि कारबाही हुने दावी गरेका छन् ।

    Advertisement

    बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई शुक्रबार टेलिफोन गरी दुव्र्यवहारमा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएको जानकारी गराउनुभएको छ ।

    महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण गम्भीर अपराध र अमानवीय भएको बताउँदै उपप्रधानमन्त्रीले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिनुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

    कारवाही हुन्छ : गृह मन्त्रालय
    यता, गृह मन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारबाही हुने जनाएको छ ।
    कोभिड–१९ सङ्क्रमण महामारीका बिच संवेदनशीलताका साथ काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड आफैँमा गैरकानुनी र गैरजिम्मेवारपूर्ण भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता कार्यमा संलग्न जोकोहीलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही गर्ने कुरामा दृढ रहेको जनाएको छ ।

    मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी देशका विभिन्न अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तबाट दुव्र्यवहार, अस्पताल भित्र तोडफोड र स्वास्थ्यकर्मीमाथि अनावश्यक दवाव आएको जानकारी प्राप्त भएकाले बिरामीको मृत्युको विषयलाई लिएर भएका यस्ता गतिविधिको निन्दा गरेको छ ।

    मन्त्रालयले साझा सत्रुको रूपमा रहेको कोरोनाका बिरामीको उपचार, सङ्क्रमण नियन्त्रण तथा रोकथामको कार्यलाई थप प्रभावकारी बनाउने कार्यमा स्वास्थ्यकर्मीबाट निर्वाह भएको भूमिका र योगदानको मुक्त कण्ठले प्रशंसा गरेको छ ।

    यही जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्युको घटनालाई लिएर उक्त वार्डभित्रै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको सम्बन्धमा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निन्दा गरेको छ । यस्ता कार्य निषेधित फौजदारी कसुरजन्य कार्य भएकाले त्यस्ता व्यक्तिलाई कानुनी कारवाही गर्दै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा राज्यले गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    मन्त्रालयले उक्त घटनाको विषयमा छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भई छानबिनको काम भइरहेको जनाएको छ ।

    बाँकेलगायत सोलुखुम्बु, धनुषा, कास्की, तथा मोरङ जिल्लामा भएका यस्ता घटनामा संलग्नउपर कानुनबमोजिम कारबाही गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “कोभिडका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमाथि हुने यस प्रकारका घटना रोक्न, दोषीलाई कानुनबमोजिम कारबाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्याउन तथा स्वास्थ्य संस्थामा भरपर्दाे सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ ।”

    उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा मन्त्रालय गम्भीरताका साथ लागिरहेकाले स्वास्थ्यकर्मीलाई संयमित भएर उपचार कार्य जारी राख्न मन्त्रालयले अपिल गरेको छ ।

    नेपालगञ्ज घटनामा हालसम्म छानबिन समिति गठन हुनुका साथै तीन जना पक्राउ परिसकेका छन् ।

    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.