काठमाडौँ । नेपालमा गएको २४ घण्टामा ६ हजार ९३९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
Advertisement
२० हजार ९९२ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । २० हजार ४१४ पिसिआर परीक्षण गर्दा ६७१ र ५७८ एन्टिजेन परीक्षण गर्दा २०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले यही अवधिमा ७ हजार २२६ जना सङ्क्रमणमुक्त भएका छन् ।
बुधबार १०६ जनाको ज्यान गएको छ । यो संँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार ९५१ पुगेको छ ।
नेपालमा बुधबारसम्म ५ लाख ४२ हजार २५६ जना सङ्क्रमित भएकामा ४ लाख १८ हजार ८२९ जना सङ्क्रमणमुक्त भएका छन् ।