काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ । अध्यक्ष पोखरेलको प्रदेश ३-०१, ०२२ च ९२२६ नम्बरको निजी कारलाई दाङस्थित तुलसीपुर उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कारपियोले ठक्कर दिएको हो ।
Advertisement
दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल रहनुभएको छ ।
गत चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएका पोखरेल स्थानीय पत्रकारहरुसँग भेटघाटका लागि गृहजिल्ला दाङ जानुभएको हो ।
