माधव खनाल, बुटवल ।
लायन्स क्लब अफ बुटवल बेलबास सिटीले कोरोनाको दोस्रो लहरलाई मध्यनजर गरेर अक्सिजन उपलब्ध गराइरहेको छ । लायन्स क्लबले अक्सिजन नपाएर कसैले ज्यान गुमाउन नपरोस् भनि अभियान नै सञ्चालन गरेको छ ।
क्लबका अध्यक्ष गोविन्द खनालले दिएको जानकारी अनुसार कोरोना संक्रमितलाई विभिन्न खालका सहयोग प्रदान गर्ने क्रममा विशेष गरी अक्सिजनको अभावमा ज्यानै जान थालेको अवस्थामा क्लबले अक्सिजन उपलब्ध गराइ मद्दत गरिराखेको छ ।
सिलिन्डर भएर पनि रिफिल गर्न नसकेकालाई सिलिन्डर रिफिल गरिदिने क्रममा आजसम्म १२ जना बुटवल क्षेत्रका संक्रमितको लागि सिलिण्डर रिफिल गरिदिएको अध्यक्ष खनालले बताउनुभयो ।
सोही आनुसार सोमबार प्यूठानबाट बिरामी बुटवल ल्याउँदै गर्दा कपिलवस्तुको बनगाईमा अक्सिजन सकिएको खबर पाएपछि क्लबका डाइरेक्टर किशोर वाग्लेको पहलमा तुरुन्तै बनगाईमै अक्सिजन सिलिण्डर उपलब्ध गराइ विरामीलाई सहयोग गरिएको क्लवका प्रथम उपाध्यक्ष डीबी खत्री (प्रदीप)ले जानकारी दिनुभयो ।
विपतको बेलामा समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा यो अभियान सञ्चालित छ । सयम अत्यन्त प्रतिकूल भएको हुँदा उच्च सतर्कता अपनाउन क्लबले अनुरोध गरेको छ ।
कोरोनासँग मिल्ने कुनै पनि लक्ष्यण देखिएमा तुरुन्तै परीक्षण गर्ने यदि पोजेटिभ देखिएमा छातीको एक्सरे गर्ने, अक्सिजन लेवल चेक गर्न एक थान अक्सिमिटर साथमा राख्ने र समयसमयमा जाँच गर्ने र सास फेर्न कठिन भएमा अस्पताल गइहाल्न क्लबका कोषाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख विष्णु पाण्डेले अनुरोध गर्नुभयो ।
साथै अस्पतालमा गएर कोरोना परीक्षण गर्न कठिन हुने व्यक्तिलाई मध्यनजर गर्दै लुम्बिनी प्रादेशिक अस्पताल का प्राविधिकबाट बुटवल क्षेत्रका घरमै स्वाब लिएर कोरोना परीक्षण गरिदिने कार्य पनि अभियानमा जोडिएको कोषाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
जसको लागि विष्णु पाण्डेको ९८५७०१५८१९ फोन नम्बमा सम्पर्क गर्नुपर्ने छ । कोरोना अबधिभर यो अभियान सञ्चालन गरिने अध्यक्ष खनालले जानकारी दिनुभयो ।
