खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता भोजराज शर्माको निधन भएको छ । लुधियाना फोकलप्वाइन्ट नगरसमितिद्वारा सञ्चालित सनिवाल एरिया समितिका अध्यक्ष शर्माको ६३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
Advertisement
शर्माको पार्थिव शरीरमा मूल प्रवाहको व्यानर ओढाएर अन्तिम श्रद्वाञ्जली दिइएको छ । समाजका क्षेत्रीय सदस्य उदैसिंह चन्द, नगर सचिव अर्जुन कार्की, सहसचिव धनबहादुर घर्तीमगर, कोषाध्यक्ष देविराम, लोकनाथ शर्मा, इन्द्र केसी, धनराज, महेश, कमल बहादुर, विनोद विक लगायतका नेता कार्यकता तथा आफन्तहरुको उपस्थितिमा उहाँको सम्मानसहित दाहसंस्कार गरिएको छ ।
शर्माको निधनप्रति मूल प्रवाह लुधियाना नगरसमितिले गहिरो शोक प्रकट गरेको छ । शर्मा प्युठान जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुनुहुन्थ्यो ।