• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

पार्टीको क्रान्तिकारी छबिविरुद्ध भ्रम छर्ने प्रवृति नयाँ होइन : केसी


  •   आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
  • जनकराज पौडेल, दक्षिण भारत
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (मसाल)को क्रान्तिकारी छबिविरुद्ध प्रहार गर्ने र भ्रम छर्ने प्रवृति नयाँ नभएको बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको आयोजनामा आज सम्पन्न प्रशिक्षण कार्यक्रममा अध्यक्ष केसीले पार्टीमाथि हमलाको लामो श्रृंखला रहेको बताउनुभएको छ ।

    Advertisement

    उहाँले विगतदेखि नै पार्टीमाथि विभिन्न ढंगबाट आक्रमण हुँदै आएको स्मरण गर्दै पार्टीको स्पष्ट वैचारिक राजनीति र कार्यकर्ताहरुको प्रष्ट दृष्टिकोणका कारण त्यस्ता प्रवृतिहरु पराजित हुँदै आएको स्पष्ट पार्नुभयो । पार्टी विरोधी तत्वहरुले विभिन्न कालखण्डमा पार्टीप्रति भ्रम छर्ने गरेको र त्यो शिलशिला अहिले पनि कायम रहेको उहाँले बताउनुभयो । उहाँले अहिले पनि पाटी बाहिर र भित्रैबाटसमेत आक्रमण भएको उल्लेख गर्दै त्यो क्षणिक भएको बताउनुभयो ।

    केसीले नेपालको कम्यूनिष्ट आन्दोलनमा देखिँदै आएका विभिन्न विकृतिबारे स्पष्ट पार्नुभएको थियो । पार्टीभित्र देखिँदै आएका अनुशासनहीन गतिविधि तथा अराजक तत्वहरुले छर्दै आएका भ्रमलाई संगठनमा स्थापित विधि पद्धति तथा अनुशासनबाट परास्त गर्नुपर्ने उहाँले बताउनुभयो ।

    संगठनको अनुशासन उल्लंघन गरी कार्वाहीमा परेका केही ब्यक्तिले संगठनकै नाम र पद दुरुपयोग गर्दै संगठन विरोधी गतिविध गर्ने कार्य हास्यस्पद भएको केसीले बताउनुभयो । उहाँले विगतमा पनि यस्ता तत्वहरु बेला मौकामा देखिने गरेको उहाँले भन्नुभयो ।

    कार्यक्रममा राजमोका महासचिव मनोज भट्टले संसदीय प्रणालीको उपयोगबारे स्पष्ट पार्नुभएको थियो । उहाँले प्रधानमन्त्री केपी ओलीले चालेका असंवैधानिक र प्रतिगामी कदमले देशलाई गम्भीर राजनीतिक संकटमा फसाउँदै जाने र राष्ट्रियता संकटमा पार्ने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता चुनाव हो कि जनताको जीवनरक्षा भनि प्रश्न पनि गर्नुभयो ।

    त्यस्तै, राजमो नेता आनन्द शर्माले कोरोना भाइरस महामारीले देशनै आक्रान्त भएको अबस्थामा जनताको जीवन रक्षामा सरकार उदाशीन भएको बताउनुभयो । अर्को प्रशंगमा उहाँले संगठनको अनुशासन नमान्ने, निर्णयहरु उल्लंघन गर्ने, अराजक गतिविधि गर्न तल्लिन तत्वहरुलाई समयमा नै चिनेर वैचारिक प्रतिवाद गर्नु पर्नेमा जोड दिनु भयो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महासचिव ठाकुर खनाल, मूल प्रवाहका नेताहरु मदन शर्मा, भगवति कुँवर, चोवनाथ शर्मा, मोहराज चालिसे, केवि थापा, चन्द्रकान्त शर्मालगायतको आतिथ्यता रहेको थियो ।

    प्रशिक्षण कार्यक्रमको अध्यक्षता जुगराज राँहु मगरले गर्नु भएको थियो ।क्षेत्रीय सचिव जनकराज पौडेलको सञ्चालनबाट अघि बढेको कार्यक्रममा सहभागीलाई गोविन्द शर्माले स्वागत गर्नु भएको थियो । कार्यक्रममा दक्षिण भारत क्षेत्र अन्तर्गतका सबै जसो नगर समितिहरुबाट सहभागिता रहेको थियो । कार्यक्रममा खिमानन्द शर्माले धन्यबाद ज्ञापन गर्नु भएको थियो।

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.