काठमाडौं । गएको २४ घण्टामा नेपालमा २४६ जनाको संक्रमणका कारण निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Advertisement
आज ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ हजार ६४ र एन्टिजेन विधिबाट १०९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो ।
आज काठमाडौंमा उपत्यकामा २ हजार ४८६ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौं १ हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जनामा संक्रमण पुष्टि भएको छ ।
आज ७ हजार ९८९ जना निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।