बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले जिल्ला सदस्य नेत्रप्रसाद आचार्यकी ठुलीआमाको निधन भएपछि शोक व्यक्त गरेको छ ।
Advertisement
राजमो रुपन्देहीका अध्यक्ष बद्रे आलमले २०७८ जेठ ५ गते वक्तव्य जारी गर्दै शोक व्यक्त गर्नुभएको हो।
शोक वक्तव्यमा भनिएको छ–
“राष्ट्रिय जनमोर्चा रुपन्देहीका जिल्ला सदस्य तथा सिद्धार्थ नगर नगर समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यकी ममतामयी ठुलीआमा मनरूपा आचार्यको यही २०७८ जेठ ४ गतेका दिन असामयिक निधन भएकोले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।”
मनरूपा आचार्यको १९९३ कात्तिक ११ जन्म भएको थियो ।