• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

किन झुल्केनन् फेरि घामका किरणहरू?

युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

युगदर्शनलाई आठौँ वर्षको शुभकामना

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

  • ७. हार्दिक शुभकामना

  • ८. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ९. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • १०. आदर्शको पहाड

सातै प्रदेश र काठमाडौँमा एकएक हजार क्षमताको होल्डिङ सेन्टर बन्दै


  •   बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का संयोजक ईश्वर पोखरेलले देशभरका आठ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताउनुभएको छ ।

    Advertisement

    बुधबार मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा गरेको निःशुल्क आइसोलेसन सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले देशभरका आठ स्थानमा एकएक हजार क्षमताको होल्डिङ सेन्टर स्थापना गर्ने कामको औपचारिक रूपमा प्रारम्भ भएको बताउनुभएको हो ।

    सात वटा प्रदेशमा एकएक वटा र बाँकी एउटा काठमाडौँ उपत्यकामा होल्डिङ सेन्टर स्थापनाको लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको र नेपाली सेनाले निर्माण कार्य प्रारम्भ गरिसकेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘होल्डिङ सेन्टर, सेमिपर्मानेन्ट टाइपका सात वटा प्रदेशमा सात ठाउँ र काठमाडौँ उपत्यकामा एउटा एकएक हजार क्षमताको निर्माण गर्ने कुराको औपचारिक प्रारम्भ भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट छुट्याइसकेको छ । नेपाली सेनाले आठ ठाउँमै निर्माण कार्य प्रारम्भ गर्दै छ ।’

    उपप्रधानमन्त्री पोखरेलले सरकारले अक्सिजनको अभावलाई पूरा गर्नका निम्ति पहल गरिरहेको पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अक्सिजन प्लान्टको अभावले गर्दाखेरि हाहाकार सिर्जना भएको छ । हामी त्यो अभावलाई पनि जति सकिन्छ, चाँडो पूरा गर्न चाहन्छौँ । यसका लागि सरकारले अरू सबै कुरालाई छोडेर जनताको उपचार गर्ने कुरा, सङ्क्रमणबाट जनतालाई बचाउने, जनताको जीवनरक्षा गर्ने कुरा पहिलो प्राथमिकता हो । त्यसका लागि सरकारले जी टू जी वा बी टू बी लेभलबाट होस्, त्यो सबै खरिद गर्ने कुरामा पनि औपचारिक रूपले मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र आवश्यक पहल र प्रयत्न प्रारम्भ गरेका छौँ ।’

    मन्त्री पोखरेलले कोभिडको सङ्क्रमण मानवता र मानवीय सभ्यता विरुद्धको आक्रमण भएकाले यसका विरुद्धमा सबै मिलेर लड्नुपर्ने बताउनुभयो । उहाँले मारवाडी सेवा समितिले निःशुल्क आइसोलेसन सञ्चालन गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

    मारवाडी सेवा समिति नेपालले ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । समितिले मित्रपार्कस्थित नेपाल भारतमैत्री अस्पतालसँगको सहकार्य र व्यवस्थापनमा पशुपति गौशाला धर्मशालामा अक्सिजनसहितको ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको हो ।

    आइसोलेसनमा बिरामीको ल्याब परीक्षण, अक्सिजन, खाना, बस्न तथा चिकित्सक र नर्सहरूको सेवा निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।

    कोभिड सङ्क्रमितलाई आइसोलेसन सेन्टरकै सवारी साधनबाट ल्याउने, पुर्याउने सुविधा रहेको पनि मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलले बताउनुभयो । आवश्यक परे आइसोलेसन सेवालाई ३०० बेडसम्मको बनाउन सकिने पनि उहाँले बताउनुभयो ।

    सो आइसोलेसनको सेवा लिनका लागि ९८०१०७१२११ र ९८०१९६७७०६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । मारवाडी सेवा समितिले यसअघि पनि प्राकृतिक विपत्ति तथा महामारीमा विभिन्न प्रकारका सामाजिक कार्य गर्दै आएको छ ।

    बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित
    ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख
    अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
    मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक
    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी
    प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

    भर्खरै

    • १.
      एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

    • २.
      ट्रम्प–सी वार्तामा व्यापार र क्षेत्रीय विषय प्रमुख

    • ३.
      अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

    • ४.
      मेची राजमार्ग र मेची करिडोरमा यातायात सञ्चालनमा रोक

    • ५.
      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, प्रत्येक नागरिकमाथि करिब एकलाख ऋणको भारी

    • ६.
      प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने

    • ७.
      किन झुल्केनन् फेरि घामका किरणहरू?

    • ८.
      युगदर्शन राष्ट्रियलाई हार्दिक शुभकामना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.