काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न भागबाट संकलन गरिएको ३५ वटा नमूना परीक्षणका क्रममा आज (मंगलबार) नयाँ भेरियन्ट पत्ता लागेको हो ।
नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३५ नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा ‘डब्ल्युएचओ आईडेन्टीफाइड सेन्टर अफ एक्सलेन्स इन जिनोमिक सेक्वेन्सिङ सीएसआईआर इन्च्टीच्युट अफ जिनोमिक एण्ड इन्ग्रिटिभ बायोलोजी, इन्डीया’ मा जिन सिक्विन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशत (३४ वटा) मा नयाँ भेरियन्ट बी १.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा बी.१.६१७१ पुष्टि भएको हो ।
मन्त्रालयले मंगलबार एक अपिल प्रकाशित गरी संक्रमणको जोखिम न्यूनिकरणका लागि थप सचेतना अपनाउन पनि सबैसँग अपिल गरेको छ ।
