काठमाडौं । नेपालमा गएको २४ घण्टामा ८ हजार ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २१ हजार ४७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
Advertisement
आज २०३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । जसमा नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको विवरणसमेत समावेश छ । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।
आज नेपालमा ६ हजार १३५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । नेपालमा हालसम्म २० लाख ९१ हजार ५११ जनाले कोरोनाको पहिलो डोज खोप लगाएका छन् भने ३ लाख ६२ हजार १ जनाले दोस्रो डोज खोप लगाएका छन् ।