काठमाडौं । गएको २४ घण्टामा नेपालमा ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार २४५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
आज २१४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपाली सेनाले विभिन्न मितिमा संकलन गरेको शवको विवरणसहित २१४ को ज्यान गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ४४६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज ५ हजार ५५ जना संक्रमुक्त भएर घर फर्किएका छन् । यो सहित नेपालमा हालसम्म ३ लाख २१ हजार ५१८ जना कोरोना मुक्त भएका छन् भने नेपालमा जम्मा ४ लाख ३१ हजार १९२ जनामा संक्रमण पुष्टि भएको छ ।