पोखरा । अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरे पोखरास्थित मेडिप्लस अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
युवक सङ्घका अध्यक्ष केन्द्रीय सदस्य विक्रम थापाका अनुसार उहाँको स्वास्थ्यस्थिति सामान्य रहेकाले २०७८ वैशाख ३० गते बिहिबार अस्पतालले डिस्चार्ज गरेको हो ।
चिकित्सकहरूले अध्यक्ष घिमिरेलाई थप एक महिना आराम गर्ने सल्लाह दिएका छन् । सोही सल्लाहअनुसार घिमिरे आराम गर्न बिहीबार नै आफ्नो निवास पाल्पातर्फ लाग्नुभएको छ ।
घिमिरे अस्वस्थ भएपछि गत वैशाख १२ गते सोही अस्तपालमा भर्ना हुनुभएको थियो । उहाँलाई वैशाख ११ गते राति पाल्पाबाट पोखरा लगिएको थियो ।
कोरोना सङ्क्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई पहिले उहाँलाई पाल्पाको मिसन अस्पताल भर्ना गरिएको थियो । तर, त्यहाँ भेन्टिलेटरलगायतको अभावका कारण पोखरा रिफर गरिएको थियो । निमोनियाको समस्या भएका कारण उहाँलाई कुनै पनि बेला भेन्टिलेटरको आवश्यकता पर्न सक्ने डाक्टरको सल्लाहअनुसार पोखरा ल्याइएको थियो ।