काठमाडौं । कार्टुनको माध्यमबाट सम्बन्धित निकायलाई तीखो व्यंग्य गर्ने कार्टुनिष्ट रवी मिश्रले अहिलेको अवस्थामा निजी अस्पतालको भूमिकाबारे कडा व्यंग्य गर्नुभएको छ ।
मिश्रले काठमाडौंमा केही अस्पतालमा ‘उपचारबाहेक सबै हुन्छ’ भन्दै व्यंग्य गर्नुभएको हो ।
मिश्रले ट्वीट गर्दै लेख्नुभएको छ, ‘काठमाडौंमा केही अन्तर्राष्ट्रिय स्तरका लग्जरी, बुटिक अस्पताल छन्, जहाँ छतमै हेलिकप्टर हेलिप्याड देखि मरेपछि अन्त्येष्टिमा लान पुष्पक विमान छन्। आफन्तलाई रुन टियर ग्यासकै ब्यवस्था होला तर अक्सिजन ग्यास छैन भन्दै बिरामी खेद्छन् । ती यस्ता ठाउँ हुन्, जहाँ बिरामीको उपचार बाहेक सबै हुन्छ।’
काठमाडौंमा केही अन्तर्राष्ट्रिय स्तरका लग्जरी, बुटिक अस्पताल छन् जहाँ छतमै हेलिकप्टर हेलिप्याड देखि मरेपछि अन्तेष्ठीमा लान पुष्पक विमान छन्।आफन्तलाई रुन टियर ग्याँसकै ब्यवस्था होला तर अक्सिजन ग्याँस छैन भन्दै बिरामी खेद्छन्।ती यस्ता ठाउँ हुन्, जहाँ बिरामीको उपचार बाहेक सबै हुन्छ।
— Rabi Mishra (@rabimishra) May 12, 2021