काठमाडौं । काठमाडौंमा रेमिट्यान्स सञ्चालक युवतीमाथि चक्कु पहार गरी लुटपाट भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट्यान्स सञ्चालन गरी बस्ने २० वर्षीया युवतीलाई चक्कु प्रहार गरी १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
Advertisement
लुटपाट अभियोगमा काठमाडौं भंगाल बस्ने कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष विष्टलाई प्रहरीले पक्राउ गरेको छ। सन्तोषले ती युवतीलाई चक्कु प्रहार गरी घाइते बनाएर रेमिटबाट नगद लुटपाट गरेका हुन् ।
खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ ।