• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रलेसको आयोजनामा डा. रवीन्द्र समीर पाण्डेसँग कोभिडबारे अन्तरक्रिया


  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । कोरोना भेरियन्टले महामारीको रूप लिइरहेका बेला प्रगतिशील लेखक सङ्घले विज्ञ चिकित्सक डा. रवीन्द्र समीर पाण्डेसित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    प्रलेस केन्द्रीय कार्यालयको आयोजनामा भर्चुअल माध्यमबाट २०७८ वैशाख २६ गते साँझ ५ः३० बजे सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा कोरोनाबारे मन्तव्य राख्दै डा. रवीन्द्रले कोभिड–१९ को पहिलो रूपभन्दा अहिलेको कोरोना भेरियन्ट खतरनाक रहेको बताउनुभयो । कोरोना भाइरसले रूप परिवर्तन गरी महामारी फैलाइरहेको बताउँदै उहाँले अहिले ब्राजिल र अफ्रिकामा फैलिएको कोरोना भेरियन्ट तुलनात्मक रूपमा बढी खतरनाक रहेको बताउनुभयो ।

    अहिलेको कोरोना भेरियन्ट पहिलेको भन्दा सात गुणा छिटो फैलिने र १ प्रतिशतको हाराहारीमा मृत्युदर रहेको बताउँदै उहाँले यसले सङ्क्रमण भएको छैटौँदेखि दशौँ दिनसम्म कोभिड निमोनिया बनाउने गरेको बताउनुभयो ।

    युवातप्कालाई पनि चपेटामा लिएको कोरोना भेरियन्टप्रति उच्च सकर्तता कायम राख्न उहाँले आग्रह गर्नुभयो ।

    ९० भन्दा कम अक्सिजन लेभल भएकाहरू अस्पताल जानुपर्ने अनिवार्य रहेको उल्लेख गर्दै उहाँले सङ्क्रमण दर सात गुणा बढी भएकाले अस्पतालमा बेड नपाएकोमा गुनासो नगर्न अनुरोध गर्नुभयो ।

    ‘बरु चौरमा बसेर भए पनि अस्पतालको निगरानीमा उपचार गराऔँ’ उहाँले भन्नुभयो– ‘यस्तो बेलामा बेड पाउनका लागि जिद्दी नगरौँ, बेड पाइएन भनेर गुनासो नगरौँ ।’

    त्यस्तै उहाँले राती १ बजेदेखि बिहान ४ बजेसम्म विश्वमा सर्वाधिक मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै यो अवधिमा पनि अक्सिजनका लेभल जाँच गर्न ध्यानाकर्षण गराउनुभयो ।

    मन्तव्यको क्रममा कोरोना खोपको बारेमा अनावश्यक भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो । कोरोनाको दुई मात्रा लगाएकाहरू ९० प्रतिशत सुरक्षित रहेको तथा एक मात्रा खोप लगाएकाहरू पनि ६२ प्रतिशत सुरक्षित रहने उल्लेख गर्दै उहाँले खोप लगाउन सबैसित आग्रह गर्नुभयो ।

    ‘पहिले सङ्क्रमित भइसकेका र खोप लगाइसकेकाहरू तुलनात्मक रूपमा सुरक्षित छन्’ उहाँले अहिले कोरोना नियन्त्रण गर्न खोपको विकल्प नभएको बताउनुभयो ।

    विश्वका महामारीहरू सरदर तीन वर्षसम्म चल्ने गरेको स्मरण गर्दै उहाँले कोरोनाले पनि न्यूनतम तीन वर्षसम्म रूप परिवर्तन गरी–गरी सङ्क्रमण फैलाउन सक्ने उहाँको भनाइ थियो ।

    ‘सङ्क्रमित मान्छेको मृत्यु भएर, रूप परिवर्तन हुँदा सङ्क्रमण क्षमता कमजोर भएर, खोप लगाएर र मानिसहरूको सुरक्षा सतर्कताका कारण अन्ततः यो महामारी समाप्त भएर जाने छ’ उहाँले तबसम्मका लागि उच्च सुरक्षा सतर्कता अपनाउन र खोप लगाउन आग्रह गर्नुभयो ।

    मानसिक रूपमा स्वस्थ हुँदा जुनसुकै रोक पनि नियन्त्रण गर्न सकिने उल्लेख गर्दै उहाँले तनाव व्यवस्थापनमा गम्भीरतापूर्वक ध्यान दिइनुपर्ने बताउनुभयो ।

    कोरोना महामारी प्राकृतिक भएको बताउँदै उहाँले अहिले तीव्र विकासमाझ मानिस र जीवजन्तुको प्राकृतिक बसोबास बिथोलिएकाले यस खालको महामारी आउने गरेको बताउनुभयो ।

    उहाँले चमेरोबाट, सालकमा र सालकबाट मानिसमा यो रोग सर्ने गरेको निस्कर्ष पछिल्लो खोजमा देखिएको बताउनुभयो ।

    मन्तव्यको क्रममा उहाँले धुम्रपान र मध्यपानले कोभिड सङ्क्रमण अरू गम्भीर हुने बताउनुभयो ।

    ‘धुम्रपानले फोक्सोलाई हानी गर्छ, कोरोनाले पनि फोक्सोमै आक्रमण गर्छ’ उहाँले भन्नुभयो– ‘मेरो विनम्र आग्रह छ, धुम्रपान र मध्यपान आजैदेखि त्यागौँ ।’

    कार्यक्रम प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सो अवसरमा कृष्ण केसी, खिमराज चालिसे, बिनु खुसी, केशव आचार्य, मनोज जिसी, दलबहादुर गुरुङ र केशव थापाले डा. रवीन्द्र समीरसित जिज्ञासा राख्नुभएको थियो ।

    कार्यक्रमका फेसबुक लाइभ लिङ्कमा जानुहोस् ।

    https://www.facebook.com/samir.singh.92798/videos/10226594719561274

    आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.