काठमाडौं । नेपालमा गएको २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ४८२ को परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।
Advertisement
१९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २३ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५० जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।
यस्तै, आज २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।