काठमाडौँ । कोरोना सङ्क्रमणका कारण प्रतिनिधि सभा संसद सचिवालयका उपसचिव कृष्णराज खनालको मृत्यु भएको छ ।
Advertisement
शुक्रबार बिहान अस्पताल कलङ्कीस्थित सहिद ममोरियल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको संसद सचिवालयले जनाएको छ ।
बुधबार गरिएको परीक्षणमा चार सांसद र सचिवालयका तीन कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो ।
सङ्क्रमण पुष्टि भएपछि चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा बसेका उनलाई शुक्रबार बिहान गाह्रो भएपछि अस्पताल लगिएको थियो ।
वैशाख २७ गते संसद बैठक बोलाइएपछि सांसद र सचिवालयका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको थियो ।