काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य पियारी थापालाई कोरोना संक्रमण भएको छ । थापालाई बिहीबार संक्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव शोभा गोपालीले जानकारी दिनुभएको छ ।
Advertisement
केही दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो । हाल उहाँ घरमै आइसोलेसनमा बस्नुभएको छ भने अवस्था सामान्य छ ।
सांसद थापा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेश सभा संसदीय दलका सचेतक हुुनुहुन्छ । सत्ता र प्रतिपक्षबीच द्वन्द्व चर्किरहेको गण्डकी प्रदेशमा यही वैशाख २७ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पुनः अघि बढाइँदैछ । अहिले मुख्यमन्त्री गुरुङसहित प्रदेश सभाका चार जना सदस्यलाई कोरोना पोजिटिभ देखिएको बताइन्छ ।