• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

कमिसनका लागि ‘भुतप्रेत’ जागेपछि भारतबाट खोप ल्याउन सकिएन : स्वास्थ्यमन्त्री त्रिपाठी


  •   बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ‘बिचौलिया भूतप्रेत जागेका कारण’ भारतबाट खोप ल्याउन नसकिएको बताउनुभएको छ । हिमालखबर पत्रिकालाई दिएको एक अन्तर्वार्तामा स्वास्थ्यमन्त्री त्रिपाठीले भुतप्रेतहरु जागेर कमिसन मागेपछि खोप ल्याउन बाधा परेको बताउनुभएको हो ।

    Advertisement

    भारतको सिरम इन्स्टिच्युटबाट ५० लाख डोज खोज खरिद गर्ने समझदारी भइसकेका बेला बिचौलिया भुतप्रेतहरु जागेर १० प्रतिशत कमिशन मागेका कारण समयमै खोप भित्रिन नसकेको मन्त्री त्रिपाठीले बताउनुभयो । यसअघि ३ अर्ब ४८ करोडमा खरीद गरिएका स्वास्थ्य सामग्रीहरूमा अनियमितता भएकोसमेत स्वास्थ्यमन्त्री त्रिपाठीको भनाइ छ ।

    सिरमको पहिल्यैदेखिको लोकल एजेन्टले त्यसरी १० प्रतिशत कमिसन मागेको मन्त्री त्रिपाठीको भनाइ छ । भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्ट भनेको हुकाम डिस्ट्रिब्युटर्स एण्ड लजिस्टिक प्रालि हो । यो प्रालिमा विजय दुगड, अभिषेक दुगड, सुरज वैद्य र ऋतु सिंह वैद्यको संलग्नता देखिन्छ । यसमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडको पनि संलग्नता रहेको बुझिएको छ ।

    यस्तो थियो स्वास्थ्यमन्त्रीको भनाई
    ‘भारत सरकारले उपहारस्वरुप १० लाख डोज खोप दियो । त्यसपछि हामीले २० लाख डोज सहुलियत दरमा ९४ डलरका दरले० खरिद गर्यौँ । त्यसमा १० लाख डोज आयो, १० लाख डोजचाहिँ आउन अझै पनि बाँकी नै छ । हामीले ५० लाख डोज उसैसँग खरीद गर्ने प्रस्ताव पनि मागिसकेका थियौं । अहिलेको अवस्था हेर्दाखेरि उसले साह्रै सस्तो रेट कोट गरेर हामीलाई पठाएको थियो ।

    यहाँ मैले भन्नै पर्ने चिज के छ भने बीचमा त्यो कम्पनीले आफ्नो कारोबार अगाडि बढाउनका लागि पहिल्यैदेखि राखेको स्थानीय प्रतिनिधि, जसलाई लोकल एजेन्ट भन्छ, वहाँहरुको बढी सक्रियता भयो । र, उहाँहरुले १० प्रतिशत कमिसन लिन चाहनुभयो, जुन ४ डलरमा लिँदाखेरि पनि उहाँहरु आउनुभएको थियो, हामीले हटाइदिएका थियौं । किनभने सरकारले खरिद गर्ने, पैसा सरकारले तिर्ने, सरकारले जनतालाई निशुल्क खोप प्रयोग गर्ने अनि बीचमा १० प्रतिशत फोगटिया हामी दिँदैनौं भनेर हामीले हटाएका थियौं । फेरि ती भूतप्रेतहरु फेरि जागेर आए । अनि फेरि १० पर्सेन्ट…।

    त्यो उहाँहरुको क्रियाकलापले गर्दा तीनहप्ता बढी, गनेर नै भनें मैले, २७ दिनसम्म अप्ठ्यारोमा परियो । यो २७ दिन यति क्रुसियल भयो कि भारतमा स्वाट्टै संक्रमणको दर बढ्न थाल्यो । र त्यो कारण ५० लाख डोजको खरीद प्रक्रिया अगाडि बढ्न सकेन । उ (कम्पनी) सँग त एउटा नेगोसिएसन भइसकेको थियो, खरीद मूल्य उसले दिइसकेको थियो । तर, जुन कमिसन १० पर्सेन्ट माग गर्नेहरु…। र यो सही हो नेपालमा… अरुदेशमा पनि होला यसप्रकारका विचौलियाहरुको प्रभाव अलिकति बलियो नै हुन्छ । र त्यो पनि राष्ट्रिय सहमतिका आधारमा हिँड्छन् त्यस्ताहरु ।

    …हेर्दाखेरि खोप स्वास्थ्यको सामग्री हो, व्यवसायिक सामग्री हो । तर, मूलभूतरुपले यो राजनीतिक सामग्री भएर गएको छ । पोलिटिकल कमोडिटी भएर गएको छ । भ्याक्सिन पोलिटिक्सले ठूलो माने राख्दै गएको छ । रू. ३ अर्ब ८२ करोडको स्वास्थ्य सामग्री खरीद गरिएको छ, तर जडान गरिएको छैन । यसमा विभिन्न कालखण्डमा छ । यसमा मै हुँ भन्ने राजनीतिक दलका नेताहरु पनि छन्, तिनका नाम नलिऔँ । यो सर्वदलीय जस्तै छ, कोही बाँकी हुनुहुन्न त्यसमा । सबको कालखण्डमा त्यो भएको छ । यदि जरुरी थिएन भने खरीद किन गरियो रु खरीद गरियो भने जडान किन गरिएन ?’

    यसैबीच हुकुमले विज्ञप्ति निकालेर स्वास्थ्यमन्त्रीको भनाईको खण्डन गरेको छ ।

    बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.