मेघराज रिष्मी, जापान ।
बाग्लुङ जिल्ला गल्कोट नगरपालिका–१ दुदिलाभाटीबाट रोजगारीको शिलशिलामा जापान आई विभिन्न पेशामा रहेका व्यक्तिहरुले ‘दुदिलाभाटी समाज जापान’ नामक संस्थाको स्थापना गरेका छन् ।
जापानमा रहेका तथा नेपालमै पनि समस्यमा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरिएको संस्थाका सल्लाहकार सुमित खत्रीले युगदर्शनलाई बताउनुभयो ।
रामचन्द्र शर्माको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा ममता पुन, तेजु खत्री ‘तारा’ र अर्जुन खत्री रहनुभएको छ । सचि जजदीश गुरु, सहसचिव कमला खत्री, कोषाध्यक्ष किसान खड्का र सहकोषाध्यक्ष बेगबहादुर खड्का रहनुभएको छ ।
यस्तै, सदस्यहरुमा लालसिंह काउचा, चन्द्रबहादुर खत्री, कृष्ण खत्री, श्याम शर्मा, तुलबहादुर खत्री, खिमलाल सुबेदी, बिपिन भन्डारी, बिमल खड्का, पदम नेपाली, टेक खत्री, भिम सुबेदी, राजकुमार खत्री, युवराज खत्री, कुमार पुन, बलाराम सुबेदी, लक्षु खत्री, सोम खड्का र गुम खत्री रहनुभएको छ ।
सल्लाहाकारहरुमा निमबहादुर खड्का, राज खड्का, सुमित खत्री, रेशम खत्री र कृष्ण कुँवर रहनुभएको छ ।