काठमाडौं । नेपालमा बुधबार एकैदिन एक हजार ९९३ संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको २४ घण्टामा सो संख्यामा संक्रमणमुक्त भएको जानकारी दिएको हो ।
Advertisement
मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङका क्रममा गएको सोमबारदेखि आजसम्म ५ हजार ७८९ जना डिस्चार्ज भएको जानकारी दिएको छ ।
मन्त्रालयले नेपालमा संक्रमणमुक्त हुने दर ८०.६० प्रतिशत रहेको जनाएको छ । बुधबार नेपालमा ८ हजार ६५९ संक्रमित थपिएका छन् भने ५८ जनाको ज्यान गएको छ । आज ६०० जना आईसीयूमा उपचाररत रहेकामध्ये १५६ जना भेन्टिलेटरमा छन् ।