महेन्द्रनगर । कञ्चनपुरको महाकाली अस्पताललाई स्थानीय दुई संस्थाले तीन लाख रुपैयाँ सहयोग गरेका छन् ।
Advertisement
उदयदेव बहुउद्देश्य सहकारी संस्थाले १ लाख ५० हजार र मेगा बचत तथा ऋण सहकारी संस्थाले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । सो रकमको चेक मंगलबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम कोरोना संक्रमितको उपचारमा लगाउने अध्यक्ष जोशीले बताउनुभयो । आजै ४१ थान अक्सिजन प्राप्त भएको पनि अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
पछिल्लो समय कञ्चनपुरमा कोरोना संक्रमणका बिरामी बढ्दै गइरहेका छन् भने अस्पताललाई सहयोग गर्नेहरुको संख्यामा पनि वृद्धि भइरहेको छ ।
कृष्णदत्त जोशी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेपछि महाकाली अस्पतालले उल्लेख्य प्रगति गरेको छ ।