काठमाडौं । नेपालमा गएको २४ घण्टामा ७ हजार ४ सय ४८ कोरोना संक्रमित थपिएका छन् । १७ हजार १७६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
आज २ हजार २१ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । आज थप ३७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मर्नेको संख्या तीन हजार ३६२ पुगेको छ ।